arrow

मनाङेले कुटे कर्मचारी, भने- चोरलाई पुलिसले पिट्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
dipak-manage.jpeg

काठमाडौं । गण्डकीका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीलाई कुटेका छन् । गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेका हुन् । 

 मनाङेले हिजो नै हातपात गरेको भए पनि आज मात्र घटना बाहिरिएको हो । हिजो ५ बजेपछि मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उनले हातपात गरेका थिए । 

भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेका थिए । युवा स्वरोजगार सम्बन्धी कार्यविधि माथि छलफल भइरहँदा रिसाएर ओझामाथि मनाङेले हातपात गरेको बुझिएको छ । 

यता मन्त्री मनाङेले भने आफूले कुटपिट नगरेको बताएका छन् । उनले कर्मचारीमाथि चोरको संज्ञा दिदै चोर जस्तो मान्छेलाई पुलिसले पिट्छ मैले होइन भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ