arrow

भारतमा खतरनाक एक्सई भेरियन्ट भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
corona-virus-covid-19.jpg

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले १० गुणा बढी सङ्क्रामक हुनसक्ने चेतावनी दिएको कोरोनाभाइरसको नयाँ सबभेरियन्ट एक्सई भारतमा भेटिएको छ । भारतको मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि भएको हो । 

मुम्बईमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो सङ्क्रमित फेला परेका हुन् । यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्न सक्ने क्षमता रहेको र सर्वप्रथम यो बेलायतमा पत्ता लागेको थियो । 

एक्सई ओमिक्रोन भेरियन्टका दुई भर्जन बीए.१ र बीए.२ को सम्मिश्रणबाट बनेको सब अथवा उप भेरियन्ट हो । सुरुमा जनवरीको मध्यतिर बेलायतमा देखिएको एक्सई भेरियन्टका ६ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

एक्सई बाहेक अन्य दुई रिकम्बिनेन्ट भेरियन्ट समेत फेला परेका छन् । ती एक्सडी र एक्सएफ डेल्टा र ओमिक्रोन भेरियन्टको सम्मिश्रणबाट बनेका हुन् । एक्सई भने ओमिक्रोन कै दुई भर्जनबाट बनेको हो ।

यद्यपि, यो भेरियन्टबारे अझै अनुसन्धान भइरहेको र यथेष्ट जानकारी आइ नसकेको डब्ल्यूएचओ एवं स्वास्थ्य संस्थानहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ