arrow

थप २५ जना संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
corona-nepal-update-1620371793.jpg

काठमाडौं । पछिल्लो समय थप २५ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ८४७ पुगेको छ । यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । संक्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय ५० हजार ९३ ले खोप लगाएका छन् । 

 देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय चार हजार ६६८ को परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५४५ पुगेको छ । 

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४७ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ७४७ रहेको छ । होम आइसोलेशनमा ७१७ रहेका छन् भने संस्थागत आइसोलेशनमा ३०, आइसियुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ