arrow

पर्यटकीय सहरहरुमा आक्रमणपछि थाइल्याण्डमा तनाव

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
th.jpg.jpeg
बैंकक । थाइल्याण्डमा गत बिहीबार राति र शुक्रबार बिहान  विभिन्न पर्यटकीय नगरहरुमा शृंखलाबद्ध आक्रमण गरिएपछि तनाव उत्पन्न भएको छ । 
 
समाचारअनुसार थाइल्याण्डका बिभिन्न पर्यटकीय नगरहरुमा भएका ती आतङ्कवादी हमलाबाट चार जनाको ज्यान गएको छ भने अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । 
 
उक्त हमलामा परी घाइते हुनेमा विदेशी पर्यटक पनि परेका छन् । पर्यटन नै मुख्य उद्योग रहेको थाइल्याण्डमा यस्तो हिंसात्मक हमलाका कारण देशव्यापी रुपमा तनाव उत्पन्न भएको बताइएको छ । 
 
थाइल्याण्डमा बिहीबार राति र शुक्रबार बिहानसम्म कम्तीमा पनि ११ स्थानमा बम हमला भएको थियो । आक्रमण प्राय द्वन्द्वग्रस्त मानिएको दक्षिणी प्रान्तमा बढी भएको थियो । 
 
तर ती आक्रमणहरु आतङ्ककारी आक्रमण भने नभएको प्रहरीको भनाई छ । कतिपय समाचारमा थाइल्याण्डमा पनि आइएसको हमला भएको भनी समाचार आएपछि प्रहरीले सो धारण राखेको हो । 
 
थाई प्रहरी प्रवक्ता पियापान पिंगमुगले थाइल्याण्डमा यस्तो आतङ्कवादी हमला नभएर घरायसी अतिवादीहरुले गराएका बताएको हो । 
 
शनिबार प्राप्त समाचारअनुसार थाइल्याण्डका दक्षिणी प्रान्तहरुमा पछिल्ला वर्षहरुमा हिंसात्मक क्रियाकलापहरु हुने गरेका स्थानमा प्रहरीले व्यापक मात्रामा खोजी अभियान सुरु गरेको छ । 
 
ती क्षेत्रहरुमा शुक्रबार बिहानैदेखि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले आतङ्कवादी हमला भएको जनाएका छन् । 
 
यस्तो प्रकारको हमला आतङ्कवादी भएको भनी प्रचार भएकोले यसका कारण थाइल्याण्डको पर्यटकीय उद्योगमा असर पर्ने भन्दै प्रहरीले ती आक्रमणकारीको खोजी व्यापक मात्रामा गरिहेको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ