arrow

नेटोका प्रमुखले भने- फिनल्याण्डलाई सदस्यका रूपमा स्वागत गर्न तयार छाैं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
russia-finland-ukraine-.png

काठमाडौं । अमेरिकी नेतृत्वको ३० सदस्यीय सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले सदस्यताका लागि आवेदन दिएमा फिनल्याण्डलाई स्वागत गर्ने बताएका छन् ।

बिहीबार रुससँगै १३०० किलोमिटर लामो सीमाना रहेको फिनल्याण्डका विदेश मन्त्री पेक्का हाभिस्टोले नेटोमा सामेल हुने बिषयमा चाँडै नै निश्कर्षमा पुग्ने बताएका छन् ।

युक्रेनमा रूसको अप्रत्याशित आक्रमणपछि नेटोको सदस्य बन्न फिनल्याण्डमा जनसमर्थन निकै नै बढेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबार सीएनबीसीसँग कुरा गर्दै नेटोका महासचिव स्टोल्टनबर्गले नेटो सैन्य गठबन्धनमा सामेल हुने फिनल्याण्डको कदम फेब्रुअरी २४ मा रूसको छिमेकीमाथि गरेको आक्रमणको प्रत्यक्ष परिणाम भएको बताएका छन् । 'नेटो र मेरो तर्फबाट सन्देश छ कि यो निर्णय  फिनल्याण्डले गर्ने हो,' स्टोल्टेनबर्गले भनेका छन् ।

'निष्कर्ष जे भएता पनि हामी निर्णयलाई सम्मान गर्नेछौं, तर यदि फिनल्याण्डले सदस्यताको लागि आवेदन दिने निर्णय गर्छ भने, म विश्वस्त छु कि नेटोका सहयोगीहरूले उनीहरूलाई न्यानो स्वागत गर्नेछन्, र हामी उनीहरूलाई सदस्यको रूपमा छिट्टै निर्णय गर्न सक्छौं,' उनले अघि भनेका छन् ।

नेटोका कुनै पनि एक सदस्य राष्ट्रमाथि आक्रमण भएमा बाँकी सबै सदस्य राष्ट्र मिलेर त्यसको बचाउ गर्छन् । युक्रेन नेटोको सदस्य बन्न नहुने रुसी माग त्यहाँ युद्ध हुनुको एक कारण मानिन्छ । अब, फिनल्याण्ड नेटोको सदस्य बन्न खोज्नु पनि रुसका लागि टाउँको दुखाइ बन्न सकने ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ