arrow

‘टाइफाइड विरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर बालबालिकालाई लगाऔं’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
typhoid-vaccine-2078-12-25.jpg

हेटौंडा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मनहरी गाउँपालिका ५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइड विरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्ने बताए ।

टाइफाइड विरुद्धको खोप पूर्ण रुपमा सुरक्षित र राम्रो भएको बताउँदै मन्त्री खतिवडाले ढुक्क भएर आफ्ना बालबालिकालाई सहभागी गराउन र प्रभावकारी ढंगले सञ्चालन गर्न अनुरोध गरेका छन् । यो खोप अभियान देशैभर १८ वैशाखसम्म सञ्चालन हुनेछ ।

देशभर १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप प्रदान गरिने उनले बताए । देशैभर करिब ५० हजार बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष जनशक्ति र स्वयम्सेवकको व्यवस्थापन गरिएको उनले जानकारी दिए । 

यस खोप अभियानमा मकवानपुरका १ लाख ९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । 

यो अभियानमा देशका ७५ लाख १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप लगाइँदैछ । अहिले स्वाथ्यकर्मीहरुले विद्यालयमै गएर खोप लगाइदिइरहेका छन् । 



नयाँ