arrow

महतोको मेयरमा उम्मेदवारी घोषणा

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ चैत २६ शनिबार
277894592_527809718709256_5221357126638443804_n.jpg

जनकपुरधाम । रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । 

३० वर्ष निर्माण व्यवसायीको रुपमा काम गरेका महतोले पेशाबाट संन्यास लिँदै जनकपुरधामको विकासका लागि उम्मेदवारी घोषणा गरेको पत्रकार सम्मेलन जानकारी गराए । 

महतोले पत्रकार सम्मेलनमा बोल्दै आफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित हुने भएकाले उम्मेदवारी घोषणा गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ