arrow

ललितपुर मेयरमा एमालेबाट व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
harikrishna-byajankar-uml-lalitpur.jpg

ललितपुर । नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए ।

उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाको दाबी परेको छ । व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटी अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दाबी प्रस्तुत गरेका छन् । उनले भने, ‘यो दावीलाई महानगर कमिटी हुँदै केन्द्रिय कमिटिमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ ।’

व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्जसमेत हुन् । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार नेपाली कांग्रेसका चिरीबाबु महर्जनसँग झिनो मतान्तरले पराजित भएका थिए ।



नयाँ