arrow

ललितपुरपछि मेयर सिफारिस गर्ने विराटनगर दोस्रो महानगरपालिका : एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
UML-11.jpg
फाइल तस्बिर

काठमाडौँ। ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यञ्जनकारलाई सर्वसम्मत सिफारिस गरे लगत्तै विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गर्ने नेकपा एमालेको दोस्रो महानगरपालिका कमिटी भएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा ललितपुर महानगरका इन्चार्ज ब्यञ्जनकार यसअघि पनि ललितपुर मेयरमा झिनो मतले पराजित भएका थिए, उनलाई पुनः ललितपुरमा सिफारिस गरिए लगत्तै विराटनगरले मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

गत शनिवार अबेरसम्म बसेको महानगर कमिटीको बैठकले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो। जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य परशुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाउने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिएका छन्।

यसअघिका मेयरका उम्मेदवार विनोद ढकाल, पुर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पूर्व मन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रूपमा ५ जना सिफारिस भएका हुन।

ललितपुरका उपमेयरमा आस्था शाक्य र सरस्वती खडका आंकक्षी देखिएका छन् भने विराटनगरमा अञ्जु उपाध्याय, विमला घिमिरे, शिल्पा कार्कीको नाम सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरिएको छ। महानगरका मेयर र उपमेयर भने एमाले केन्द्रीय कार्यालयले तय गर्ने निर्णय यसअघि नै भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ