arrow

रुसले ध्वस्त पारेको विश्वकै सबैभन्दा ठूलो विमानकाे तस्बिर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
antonov-plane.PNG

काठमाडौं । युक्रेनको गोस्टोमेल एयरपोर्टमा चकनाचुर अर्धचन्द्राकार ह्याङ्गर मुनि, विश्वको सबैभन्दा ठूलो विमान भाँचिएको अवस्थामा छ ।

रुसले युक्रेनी राजधानी कीभमा आक्रमण गरेका बेला नै एन्टोनोभ एएन २२५ विमानमाथि पनि बमबारी गरेको युक्रेनी अधिकारीले जनाएका थिए ।

८८ मिटरलामा पखेटा भएको कार्गो लिफ्ट विमान सञ्चालनमा रहेका कुनै पनि विमानमध्येको सबैभन्दा ठूलो हो ।

युक्रेनी झण्डाको पहेँलो र नीलो किनारा भएको विशाल जहाजको अगाडि उभिएर आन्तरिक मन्त्री डेनिस मोनास्टिरस्कीले भने,'हामी पृष्ठभूमिको रूपमा नष्ट भएको 'सपना'सँग कुरा गर्दैछौं।'

ड्रिम (सपना) युक्रेनी भाषामा मरिया (Antonov An-225 Mriya) नाम दिइएको यो ठूलो विमान रुसको खर्चमा पुनर्निर्माण गर्ने युक्रेनी अधिकारीहरूले भनेका थिए ।

८४ मिटर लामो, २ लाख ८५ हजार किलोको यो विमान ८ सय ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्थ्यो । यो विमान सन् १९८० को दशकमा तत्कालीन सोभियत सङ्घ अन्तर्गत रहेको युक्रेनमा एयरोनटिक्स कम्पनी एन्टोनोभले डिजाइन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ