arrow

नयाँ वर्षमा टेलिकमको नयाँ अफर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
277477648_312838440952350_4605512246517916036_n.jpg

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको जनाएको छ । 

टेलिकमले यो अफर चैत २९ देखि बैशाख ३ गतेसम्म उपलब्ध हुने जनाएको छ । यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु ४९ मा उपलब्ध हुने जनाएको छ । 

यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

यसका साथै रु २०० देखि रु ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ । 

यस अफरबाट सम्पूर्ण ग्राहक लाभान्वित हुने कम्पनीको विश्वास रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ