arrow

स्थानीय तह निर्वाचन : एमाले तनहुँमा उम्मेदवार सिफारिस गर्न मतदान

logo
रासस,
प्रकाशित २०७८ चैत २९ मंगलबार
uml-sun-election.jpg
फाइल तस्बिर

दमौली। नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ। 

प्रमुख पदका लागि आठ जना आकाङ्क्षी भएपछि भिमाद नगर कमिटीले आज मतदानमार्फत दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। मतदानमार्फत भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस भएका छन्। थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन्। वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गरे।

यसै गरी उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन्। एमालेको विधान बमोजिम प्रमुख र उपप्रमुखमा क्रमशः दुई पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो। सबै उम्मेदवारबीच छलफल भए पनि सहमति नभएपछि मतदानमार्फत उम्मेदवार सिफारिस गरिएको बताइएको छ।

घिरिङ गाउँपालिकामा पनि उम्मेदवार सिफारिसका लागि मतदान भएको छ। एमालेले मतदानमार्फत अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ। अध्यक्षमा दश जना आकाङ्क्षी भएपछि गाउँ कमिटीले मतदानमार्फत उम्मेदवार टुङ्गो लगाएको हो।

अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन्। उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सकिन्न। उपाध्यक्षका लागि दुर्गा थापा, सुक माया गुरुङ र राधा अधिकारी सिफारिस भएका छन्।

ऋषिङको अध्यक्षमा चार आकाङ्क्षी
ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेका चार जनाले दाबी गरेका छन्। गाउँपालिकाको बैठकमा एमालेका चार जनाले अध्यक्षका लागि आकाङ्क्षा व्यक्त गरेका हुन्।

गाउँपालिका अध्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष हरिराज कँडेल, सचिव राजेश्वर ढकाल, ऋषिङ गाउँ कमिटीका अध्यक्ष गन्जसिंह गुरुङ र सचिव कविराज श्रेष्ठले इच्छा व्यक्त गरेका छन्। यस्तै उपाध्यक्षका लागि हुमादेवी रानाभाट, मधुमाया थापा, तारादेवी थापा र सुशीला गिरीले आकाङ्क्षा व्यक्त गरेका छन्।

व्यासमा १२ आकाङ्क्षी
व्यास नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट १२ जना आकाङ्क्षी देखिएका छन्। नेकपा एमाले व्यास नगर कमिटीको सोमबार आयोजित बैठकमा नगरप्रमुख पदमा १२ जनाले आकाङ्क्षा व्यक्त गरेका हुन्।

नगरप्रमुखका लागि राजेन्द्र कार्की, रत्नकुमार श्रेष्ठ, ईश्वरबहादुर विष्ट, कुलबहादुर थापा, दीपेन्द्रराज शाही, अनिल पाण्डे, देवीबहादुर बस्नेत, दीर्घबहादुर दरै, प्रदीप अधिकारी, तुलसीराम पाण्डे, सीता पाण्डे र ऋषिराम भुसालले आकाङ्क्षा व्यक्त गरेका छन्। त्यस्तै उपप्रमुखका लागि वसुन्धरा घर्ती, वेदकुमारी वाग्ले र वीरेन्द्र अधिकारीले दाबी गरेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ