arrow

पाकिस्तानी सेनाप्रमुखविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाउने पीटीआई समर्थक पक्राउ

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत ३० बुधबार
general-bajwa-pakistan.jpg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक–इ–इन्साफ पीटीआईमा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ।

सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएको आरोपमा पाकिस्तानको सङ्घीय अनुसन्धान निकाय (एफआईए) ले मङ्गलवार पन्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो।

संसद्मा विपक्षीले प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पारित भएपछि केही दिनअघि इमरान खान पदमुक्त भएका थिए। त्यसपछि जनरल बाजवाविरुद्धको अभियान ट्विटरमा शीर्ष ट्रेन्डिङमा परेको छ।

एफआइएका अनुसार गुप्तचर निकायबाट सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा अभियानमा संलग्न ५० सन्दिग्धको सूची प्राप्त भएको र तीमध्ये आठ जनालाई नियन्त्रणमा लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ