arrow

एकैपटक पाँच ठाउँमा सम्पर्क कार्यालय खोलेर साहले गरे मेयरमा उम्मेदवारी घोषणा

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख १ बिहिबार
janakiram-sah-janakpur-.jpg

जनकपुरधाम। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिको रुपमा आफूलाई अघि सार्दै आफ्नो नाम घोषणा गर्न थालेका छन् । राजनीतिक तथा प्रशासनिक मुख्य केन्द्रविन्दु मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि औपचारिकरुपमा जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष  जानकीराम साहले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

साहले आम जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने बताए । जनकपुरधाममा बिहीबार निर्वाचनका लागि एकैपटक पाँच ठाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै साहले मेयर पदमा आफ्नो उम्मेदवारी रहने घोषणा  गर्दै समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी गराए।

जनकपुरधाम मधेस प्रदेशको राजधानी भइसके पनि यहाँको विकास र परिवर्तनले गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको आरोपसमेत लगाएका छन् ।

नयाँ जोश, नयाँ सोच, नयाँ परिवर्तन र नयाँ जनकपुरधाम निर्माणका लागि मेयर पदमा आफ्नो दावेदारी रहेको साहले बताए । विगत पाँच वर्षमा जनकपुरधामले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको बताए ।

साहले नयाँ जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यक रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग आग्रहसमेत गरे । समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यक रहेको जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ