arrow

एमालेबाट मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
UML Kaski.jpg

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले मेयरका १२ र उपमेयरका ९ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने भएको छ ।

मेयर र उपमेयरको नाम सिफारिसका लागि आज निर्वाचन हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको हो । निर्वाचन कार्यतालिका प्रकाशन गरेर पनि मतदानको समय घर्किएपछि सबैको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।

महानगर प्रमुखको उम्मेद्वार केन्द्रले टुंग्याउने भएपनि एमालेले वैशाख ३० गतेभित्रै उम्मेद्वारका आकांक्षीको नाम सिफारिस गरिसक्न अन्तरपार्टी निर्देशन जारी गरेको थियो ।

कम्तिमा एक महिलासहित बढीमा तीनजना उम्मेद्वार सिफारिस गर्नुपर्ने निर्देशन एमालेको छ । सोही अनुरुप शुक्रबार निर्वाचन गर्ने कार्यतालिका थियो । अन्तिममा आएर महानगर कमिटीले आकांक्षी रहेका सबैलाई उपल्लो कमिटी अर्थात जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो ।

पार्टीको नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया शुरु गर्दा मेयरमा १२ जना र उपमेयरमा ११ जना आकांक्षीले उम्मेद्वारी दर्ता गराएका थिए ।

मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मी आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् ।

यस्तै, उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, नेताहरु वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुश्मा पौडेल आकांक्षी छन् ।

मेयर र उपमेयरको अन्तिम टुंगो एमाले केन्द्रीय कमिटीले लगाउने छ । नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उम्मेद्वार टुंगो लगाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ