arrow

सङ्खुवासभामा पाँच दलीय गठबन्धन टुट्यो : काँग्रेस सभापति खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
Deepak-khadka-congress.jpg
फाइल तस्बिर

सङ्खुवासभा। सङ्खुवासभामा स्थानीय तहको निर्वाचनमा  पाँच दलीय गठबन्धन नहुने भएको छ। गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँच दलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ।

खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ। पटक पटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको काँग्रेस सभापति दीपक खड्काले बताए। भागबन्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताए। माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले जानकारी दिए काँग्रेसभित्रको अन्तर्विरोधका कारण गठबन्धनमा समस्या भएको हो। काँग्रेसभित्रको आन्तरिक कलहका कारण शुक्रवार पनि सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्य कार्कीले बताए।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। सङ्खुवासभामा १० स्थानीय तह छन्। त्यसमध्ये काँग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ