arrow

पीसीआर परीक्षणबाट थप १४ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा पीसीआर  विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६४८ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ६४८ रहेको छ । पछिल्लो समय थप ५५ जना सङ्क्रमणमूक्त भएका छन् । 

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार २५९  पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । 

नेपालमा कोभिड सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी, पछिल्लो समय सात हजार ७९४ले खोप लगाएको पनि मन्त्रालयले जनाएको ण्छ । 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ रहेको छ । अहिले होम आइसोलेशनमा ४५५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा १९ र होम आइसोलेशनमा ४१९ रहेका छन् । भेन्टिलेटरमा एक जना र आइसियूमा नौ जनाले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।  
 



नयाँ