arrow

मधेस केन्द्रित दलहरू एमालेसँग सहकार्य गर्न हच्किए

logo
आकाश शर्मा,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
losapa-mahantha-rajendra-2078-12-21.jpg

काठमाडौँ। तराई-मधेस केन्द्रित दलहरू प्रमुख प्रति पक्षीय नेकपा (एमाले)सँग चुनावी सहकार्य गर्न हच्किएका छन्। सत्तारुढ ५ दलहरूले गठबन्धन गर्ने निर्णय गरे पछि धेरैको अनुमान एमाले र तराई मधेस लोकतान्त्रिक पार्टीबिच सहकार्य हुन्छ भन्ने थियो। यसै गरी तराई-मधेस केन्द्रित अर्को दल जनमत पार्टी र एमालेबिच चुनाव सहकार्य हुन सक्ने अनुमान धेरैले गरेका थिए।

तर परिस्थिति त्यस्तो भएन। लोसपाले समेत एमालेसँग कुराकानी गर्न तयार भएन। लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले चुनावी सहकार्य गर्ने विषयमा एमालेसँग औपचारिक अनौपचारिक वार्ता नभएको प्रस्ट पारे। ‘स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा एमालेसँग औपचारिक र अनौपचारिक कुनै पनि संवाद र छलफल भएको छैन’ झाले भने। 

झाका अनुसार स्थानीय तहमा चुनावी सहकार्य गर्ने विषयमा स्थानीय आवश्यकता र औचित्य हेरी स्थानीय कमिटीले निर्णय गर्न सक्ने अधिकार दिइएको छ। ‘हामीले केन्द्रबाट कुनै निर्णय गरेका छैनौ’ उनले भने।

तर लोसपाका अर्का एक नेता भन्छन्, ‘अझै पनि मधेसको सेण्टिमेण्टल एमाले विरोधी छ। यस्तो अवस्था केन्द्रबाट एमालेसँग सहकार्य गर्ने निर्णय भयो भने यसको परिणाम सकारात्मक भन्दा नकारात्मक हुने देखिन्। त्यसैले केन्द्रबाट एमालेसँग सहकार्य नगर्ने निष्कर्षमा हामी पुगेका हौ।’ नेपाली काँग्रेससँग सहकार्य भएमा त्यो प्राकृतिक हुने उनको भनाइ छ।

एमालेसँग लोसपाका नेताहरूको सम्बन्ध एक वर्ष अघिको हो। झन्डै एक वर्ष पहिले लोसपाका नेताहरू केपी शर्मा ओली नेतृत्व सरकारमा झन्डै १८ दिन बसेका थिए। त्यसपछि पनि उनीहरूले ओलीसँगको सम्बन्धलाई कायम राखेका थिए। तर यो सम्बन्ध स्थानीय चुनावसम्म सुमधुर हुन सकेन।

लोसपाका नेताहरूले नेपाली काँग्रेससँग चुनावी सहकार्य गर्न खोजेका थिए। यसकोलागि लोसापका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग ४ पटक भेट गरेका थिए। यसै गरी लोसपाका शीर्ष नेताहरूले पनि देउवासँग भेट गरेका थिए। तर सत्तारुढ दलहरूले गठबन्धन गर्ने निर्णय गरे पछि काँग्रेस र लोसपाबीचको सहकार्यको सम्भावना टरेको हो। यद्यपि अझै पनि लोसपाका नेताहरूले स्थानीय तहमा काँग्रेस सहकार्य हुने सम्भावना भएको बताएका छन्।

जनता समाजवादी पार्टीले एमालेसँग सहकार्य नगर्ने प्रस्ट पारिसकेको छ। जसपाका कार्यकारिणी समितिका सदस्य मृगेन्द्रसिंह यादवले स्थानीय निर्वाचनमा एमाले र लोसपाबीच सहकार्य हुन नसक्ने प्रस्ट पारेका छन्। यसै गरी जनमत पार्टीले पनि चुनावी सहकार्य गर्ने विषयमा एमालेसँग कुराकानी गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ