arrow

एमाले लमजुङमा उम्मेदवार छनोटमा सकस, चार नगरपालिका प्रमुखमा २३ जना आकाङ्क्षी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
lamjung-dudhpokhari.png
फाइल तस्बिर

लमजुङ। स्थानीय तह निर्वाचनमा एमाले लमजुङमा आकाङ्क्षी बढी भएसँगै उम्मेदवार छनोटमा सकस बनेको छ। लमजुङमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा गठबन्धनमा रहे पनि एमालेका तर्फबाट नेतृत्व लिन धेरैले आकाङ्क्षा देखाएका छन्। एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले स्थानीय तह चुनावमा आकाङ्क्षी धेरै देखिएको बताए।

उनका अनुसार वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २ भन्दा बढीले आकाङ्क्षा व्यक्त गरेका छन्। ७५ वटा वडामध्ये अधिकांश वडामा २ भन्दा बढीले आकाङ्क्षा व्यक्त गरेका छन्। चार नगरपालिका र ४ गाउँपालिकाको प्रमुख र उपप्रमुख साथै अध्यक्ष र उपाध्यक्षमा सहमति हुन सकेको छैन। ४ नगरपालिकामा २३ जनाले प्रमुख र १२ जनाले उपप्रमुखमा दाबी गरेका छन्। चार गाउँपालिकामा १४ अध्यक्ष र १५ जनाले उपाध्यक्षमा दाबी गरेका छन्।

बेंसीसहर नगरपालिकाको प्रमुख पदका लागि हालका प्रमुख गुमानसिंह अर्याल, पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपप्रमुख लक्ष्मीदेवी अधिकारी, गोविन्द बस्नेत, राजेन्द्र बोहरा र राजकुमार श्रेष्ठ गरी ६ जनाको दाबी छ। उपप्रमुखमा पद्ममा गुरुङ, पवित्रा थापा राना र मनमाया गुरुङ गरी ३ जनाले दाबी गरेका छन्।

सुन्दरबजार नगरपालिका प्रमुखमा वर्तमान प्रमुख जनकराज मिश्रसहित ७ जनाले दाबी गरेका छन्। उपप्रमुखमा लक्ष्मी पोखरेल, शान्ता सापकोटा र भवानी केसी गरी ३ जनाले दाबी गरेका छन्।

मध्यनेपाल नगरपालिका प्रमुखमा हालका उपप्रमुख राजकुमार श्रेष्ठसहित ६ जना आकाङ्क्षी देखिएका छन्। सीता गुरुङ र लक्ष्मी घिमिरे गरी २ जनाले उपप्रमुखमा दाबी गरेका छन्। राइनास नगरपालिकामा हालका नगरप्रमुख सिंहबहादुर थापासहित ४ जनाले प्रमुख पदमा दाबी गरेका छन्। उपप्रमुखमा पनि ४ आकाङ्क्षी छन्। मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा हालका अध्यक्ष अर्जुन गुरुङलगायत ३ जना र उपाध्यक्षमा पनि ३/३ जनाले दाबी गरेका छन्।

दोर्दी गाउँपालिकामा पार्टी गाउँकमिटी अध्यक्ष युवराज अधिकारीलगायत ४ र उपाध्यक्षमा ५ जनाले आकाङ्क्षा देखाएका छन्। दूधपोखरी गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ३ जना उपाध्यक्षमा आकाङ्क्षा देखिएका छन्। क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा हालसम्म सूर्य गुरुङले मात्रै अध्यक्षमा दाबी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ