arrow

भरतपुरका ५० कांग्रेसीले दिए सामूहिक राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
bharatpur-congess-regine.jpg

चितवन। स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन्।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन्। स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाइमा उनीहरूले शनिवार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

काँग्रेस माओवादी करण भएको उनीहरूको आरोप छ। काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए। पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको आरोप लगाए। पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैँ रहिरहने बताएका छन्। कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ