arrow

कैलालीमा गठबन्धनको छैटौँ बैठक,  जुटेन सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
kailali-district.png
फाइल तस्बिर

धनगढी। कैलालीमा चुनावी तालमेलका लागि गठबन्धन दलबीच छैटौँ पटक बसेको बैठक पनि निष्कर्ष विहीन बनेको छ। केन्द्रमा पाँच दलीय गठबन्धनमै रहेको जसपा भने कैलालीमा गठबन्धनबाट बाहिरी सकेको छ।

शनिवार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो। चुनावी तालमेलका लागि शनिवार बसेको बैठकमा नेपाली काँग्रेसले जिल्लाका १३ मध्य १०, नेकपा माओवादीले ६ र एकीकृत समाजवादीले चार स्थानीय तहमा दाबी गरेको थियो।

काँग्रेसले यसअघि पालिका तोकेर आफ्नो दाबी भने गरेको थिएन। तर, शनिवार भने १३ मध्य धनगढी उपमहानगरपालिका सहित १० पालिका आफूले पाउनु पर्ने भन्दै दाबी गरेको हो।

यसै गरी नेकपा माओवादी केन्द्रले पनि यसअघि दुई (कैलारी गाउँपालिका र भजनी नगरपालिका)मा मात्रै दाबी गर्दै आएकोमा शनिवारको बैठकमा भने ६ पालिकामा दाबी गरेको छ।

एकीकृत समाजवादीले यसअघि पाँच पालिकामा दाबी गर्दै आएकोमा शनिवार चार पालिकामा दाबी गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका कैलाली अध्यक्ष जगतराज जोशीले बताए।

उनका अनुसार जिल्ला तहबाट भागबन्डाको कुरो नमिलेपछि दलहरूको दाबीसहितको विवरण गठबन्धनको प्रदेश समितिमा पठाउने निर्णय गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ