arrow

नौ जनामा सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
corona-virus-covid-19.jpg
फाइल तस्बिर

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ। यसअघि सबभन्दा कम चार जनामा सङ्क्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४०० जना रहेका छन्। पछिल्लो समय ४४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ। निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन।

शून्य सङ्क्रमित भएको १७ जिल्ला पुगेका छन्। मन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्व नवलपरासी, पूर्व रुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन्।

हाल होम आइसोलेसनमा ३८२, संस्थागत आइसोलेसनमा १८, आइसियुमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदै छ। विगत २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन्।



नयाँ