arrow

ललितपुरमा भागबन्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
lalitpur-map.png
फाइल तस्बिर

ललितपुर। ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली काँग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ। काँग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा काँग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दाबी छ। उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली काँग्रेसलाई नै दिने सहमति बनेको छ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ।

नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिवार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ। ‘हामी आन्तरिक तयारी गरिरहेका छौँ। परिआए एक्ला एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने। 
उनका अनुसार महालक्ष्मी र माहाँकाल गाउँपालिकामा एकीकृत समाजवादीले दाबी गरे पनि सहमति भएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ