arrow

पाकिस्तानमा पन्जाबको मुख्यमन्त्रीमा प्रधानमन्त्री शहबाजका छोरा हम्जा निर्वाचित

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ४ आइतबार
hamza-shahbaz-punjab-cm-pakistan.jpg

पन्जाब। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पन्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन्।  पन्जाब विधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जाले आफ्नो पक्षमा १९७ मत ल्याएर शनिवार मुख्यमन्त्रीमा निर्वाचित भएका हुन्।

पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन्। त्यसअघि संसद्मा पीटीआईका सदस्यहरूले होहल्ला गरेका थिए। विधान सभामा पीटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम्मद मजारीलाई हातपात गर्न खोजेपछि हङ्गामा मच्चिएको थियो।

‘ममाथि आक्रमण गर्नेहरू पाकिस्तानमा मार्सल ल चाहन्छन् तर सफल हुनेछैनन्’, आफूमाथि हातपातको प्रयास भएपछि उपसभामुख मजारीले भने। तर, उपसभामुखका कारण पन्जाबको संसद्मा हङ्गामा मच्चिएको इलाहीले बताएका छन्। ‘शनिवार संसद्मा जे भयो त्यसको दोष उपसभामुख मजारीलाई जान्छ’, इलाहीले भने।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ