arrow

नेपाल वितरक महासंघमा पन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
HariRaj Panta.jpg

पोखरा । नेपाल वितरक महासंघको अध्यक्षमा पोखराका हरिराज पन्त निर्वाचित भएका छन् । शुक्रबार र शनिबार पोखरामा आयोजित १०औं साधारणसभा एवं पाँचौं अधिवेशनले पन्तलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पन्त यसअघि महासचिवको भूमिका निर्वाह गरेका थिए ।

महासंघको उपाध्यक्षमा टंकप्रसाद खनाल, दुर्गाप्रसाद गौतम, विजयकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा कृष्णराज श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल निर्वाचित भए ।

सदस्यमा अच्यूत ढकाल, कुलानन्द पोखरेल, शिव खनाल, मदनराज न्यौपाने, कृष्णप्रसाद शर्मा, सुजन कुमार श्रेष्ठ, राजकुमार गिरी, दामोदर पाठक, दिलीपकुमार श्रेष्ठ, रविकुमार सापकोटा, इश्वरप्रसाद दुवेदी, कृष्णप्रसाद अर्याल र राजेश खनाल छ । निबर्तमान अध्यक्ष सुरेश अधिकारी पदेन सदस्य रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ