arrow

फर्मको शुल्क पाँच सय, बाँकी सहयोग : पोखरा काँग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
pokhara-congres-kaski.jpg

पोखरा। नेपाली काँग्रेसले केही दिनअघि आकाङ्क्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठायो। यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको काँग्रेसले अहिले बेलैमा सचेत भएर आकाङ्क्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो।

तर, पोखरा महानगरपालिकाले भने पार्टीको केन्द्रीय सर्कुलर विपरीत शुल्क उठाएको छ। मेयरलाई २५ हजार र उपमेयरलाई २० हजार दर्ता शुल्क तोकिएको छ। सचिव गणेशबहादुर थापाले यो शुल्क नभई पार्टीलाई सहयोगका रूपमा लिएको बताए।

‘यो शुल्क होइन। फर्मको शुल्क जम्मा पाँच सय रुपैयाँ तोकेका छौँ। त्यसबाहेक उम्मेदवारले पार्टीलाई सहयोग गरोस् भनेर लिएका हौँ,’ उनले भने, ‘तिर्नपर्छ भन्ने छैन। फार्म शुल्क बाहेक अरू नदिए पनि केही रोक तोक छैन।’

उनले पार्टी सञ्चालनका लागि कोष नभएकोले आन्तरिक स्रोत खोजी गरेको बताए। मेयरका लागि १० जनाभन्दा बढी आकाङ्क्षी छन् भने उपमेयरमा झन् धेरैको चर्चा छ। काँग्रेसले पोखराको मेयर र उपमेयरका लागि आइतबार अपराह्न ४ बजेसम्म नाम टिपाउन भनेको छ। अहिले मनोनयन दर्ता धमाधम भइरहेको छ।



नयाँ