arrow

३७५ जना कोरोना सक्रिय संक्रमित, जनसंख्याको ६६ प्रतिशतले लगाए पूर्ण खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
Covid-vaccine-corona.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार देशभर ३ सय ७५ जना कोभिडका संक्रमित रहेका छन् । सक्रिय संक्रमितको यो संख्या महिनौं यताकै कम हो ।

पछिल्लो २४ घण्टामा पीसीआरबाट ११ र एन्टीजेनबाट १ गरी थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा २७५० पीसीआर र ७३० एन्टीजेन गरी ३४ सय ८९ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ६६ प्रतिशतले पूर्ण मात्रा खोप र ७५ प्रतिशतले कम्तिामा एक मात्रा खोप लगाएका छन् ।

लक्षित जनसंख्याको ९४ प्रतिशतले एक मात्रा र ८३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ । यस्तै १२ देखि १७ वर्षको लक्षित जनसंख्यामध्ये ९२ प्रतिशतले एक मात्रा र ७६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।



नयाँ