arrow

ह्यारी र मेघनले बराक ओबामा र जर्ज डब्लु बुशको सुरक्षा गरेका अंगरक्षक राखे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
harry-meghan-bodyguard.PNG

काठमाडौं । प्रिन्स ह्यारी र मेघन मार्कल पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र जर्ज डब्लु बुशका तत्कालीन संरक्षक सहित पाँच अंगरक्षकका साथ देखिएका छन् ।

शनिबार 'इनभिक्टस गेम्स'मा उपस्थित जोडीका साथ पाँचजना अंगरक्षक देखिएका हुन् । ससेक्सहरूको सुरक्षामा क्रिस्टोफर सान्चेज सहितका पाँच जना थिए ।

क्रिस्टोफर सान्चेज अमेरिकी गोप्य सेवाको हिस्साको रूपमा पाँच वर्ष पूर्व राष्ट्रपतिको सुरक्षा गरेका व्यक्ति हुन् । बराक ओबाको अंगरक्षकका रुपमा  साढे दुई र जर्ज डब्लु बुशको अंगरक्षकका रुपमा साढे दुई गरी सान्चेजले पाँच वर्ष पूर्वराष्ट्रपतिहरुको सुरक्षा गरेका छन् ।

नेदरल्याण्ड्समा इनभिक्टस खेलहरुका क्रममा ह्यारी र मेघनलाई भीभीआईपी (धेरै महत्त्वपूर्ण व्यक्ति)को दर्जा दिइएको थियो । स्थानीय पुलिस र डच शाही सुरक्षा इकाईका सदस्यहरूले पनि उनीहरुलाई सुरक्षा दिएका छन् ।

पूर्व अमेरिकी गोप्य सेवा एजेन्ट सान्चेजले राष्ट्रिय सुरक्षामा र धनी एवं प्रख्यात व्यक्तिलाई जोगाउनमा २१ वर्ष बिताएका छन् । अहिले सान्चेजले दुईवटा हाई प्रोफाइल अमेरिकी फर्म हाँकीरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ