arrow

अफगानिस्तानले तीन करोड बीस लाख डलर बराबरको मानवीय सहायता प्राप्त गर्‍यो

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
afgan-president-house.jpg
फाइल तस्बिर

काबुल। अफगानिस्ताने आइतबार तीन करोड २० लाख  अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ। अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरूले सहयोग उपलब्ध गराइरहेका छन्। सोही बमोजिम आइतबार उक्त सहायता प्राप्त गरेको बताइएको हो।

अफगानिस्तानको केन्द्रीय बैङ्क, द अफगानिस्तान बैङ्कले आइतबार ट्विट गरेर यस विषयमा जानकारी दिएको थियो। गत वर्षको अगस्टमा अफगानिस्तानको शासन व्यवस्था तालिबानले कब्जा गरेका थिए। यहाँको तालिबान सरकारलाई दाताहरूले औपचारिक रूपमा वैदेशिक सहायता उपलब्ध गराएका छैनन्।

जसका कारण आर्थिक समस्यामा परेको अफगानिस्तानका लागि विभिन्न विदेशी समुदायले मानवीय सहायता स्वरूप आर्थिक सहयोग तथा लत्ता कपडा एवं खाद्यान्न उपलब्ध गराउँदै आएका छन्। आइतबार यहाँको सरकारले आर्थिक सहायता प्राप्त गरेको पनि सो बैङ्कले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ