- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट १ गरी थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३६०० पीसीआर र १०९६ एन्टीजेन गरी ४६९१ जनाको नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसङ्ख्याको ६६ प्रतिशतले पूर्ण मात्रा खोप र ७५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले एक मात्रा र ८३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्क छ ।
यस्तै १२ देखि १७ वर्षको लक्षित जनसङ्ख्यामध्ये ९२ प्रतिशतले एक मात्रा र ७६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।