arrow

'जनकपुरमा गठबन्धनले मेयर पद नदिए कांग्रेस एक्लै चुनाव लड्छ'

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
manoj-saha.jpg

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसलाई मेयरको पद नदिए कांग्रेस एक्लै चुनाव लड्ने नगर सभापति मनोज साहले बताएका छन् । सोमबार हाम्रा कुरासँग कुरा गर्दै साहले मेयर र उपमेयर पद दिए गठबन्धन रहने नत्र गठबन्धन नहुने समेत बताए ।

मेयर पदका लागि जनकपुरधाम उपमहानगरपालिकाको २५ औ वडाबाट सिफारिस पत्र आइसकेको र १४ वटा वार्डबाट आफ्नो नाम सिफारिस भएको उनले बताए । २०७४ साल मेयर पदमा चुनाव पराजित भए पनि जनता सुख दुःखमा छाया मेयर को भूमिका गर्दै आएको र यो पाली आफूलाई जनताले डवल मतले जिताउने ठोकुवा गरे । 

साहले २५ औ वडामा सङ्गठन बिस्तार र केही मतभेद नरहेका कारण यो पालि किन्तु परन्तु केही नरहेको जानकारी दिए। यो पाली चुनावमा अरू पार्टीका साथीहरूले पनि सहयोग गर्ने र आफ्नो जित सुनिश्चित रहेको ठोकुवा गरे।

२०७४ को स्थानीय निर्वाचनमा जनकपुरधामको मेयर-उपमेयरमा तत्कालीन राजपा नेपालले जितेको थियो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो। राजपाबाट मेयर लालकिशोर साहले २१ हजार ९ सय ३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार साहले ११ हजार १ सय ६४ मत ल्याएका थिए।

तेस्रोमा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८ सय ६५ मत ल्याएका थिए भने चौथो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६ सय १२ मत ल्याएका थिए।

माओवादी केन्द्रका उम्मेदवार चन्द्रशेखर साहले २ हजार १ सय २४ र नयाँ शक्तिका उम्मेदवार उमेश साहले ५ सय ८८ मत ल्याएका थिए। जनकपुरधाम उपमहानगरपालिका को जम्मा मतदाता सङ्ख्या ८९ हजार ८ सय ८५ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ