arrow

मङ्गलवार बस्ने गरी सकियो सत्तारुढ गठबन्धनको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
gathabandhan baithak-balwatar.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ गठबन्धनका पाँच दलबिचको बैठक निष्कर्ष बिनै सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँट टुङ्ग्याउन नसकेपछि मङ्गलवार पुनः बस्ने गरी बैठक सारिएको छ।

देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुङ्ग्याउन सोमबार बिहान र सोमबार अपराह्न गरी दुई पटक बैठक बसेको थियो। तर, दुवै बैठकबाट सहमति जुट्न सकेन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मङ्गलवार फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ