arrow

सहमति नजिक छौँ, भोलि कुरा मिल्छ : मन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
gyanendra-bahadur-karki.jpg
फाइल तस्बिर

काठमाडौँ। सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुङ्ग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरूले प्रतिक्रिया दिएका छन्। सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूबिच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन्।

गठबन्धन बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन्। उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ। मङ्गलवार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुङ्गो लाग्ने उनको भनाइ छ।

आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरू आ-आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्तता पाउन सकेन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ