- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा। काँग्रेस कास्कीका सचिवले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने सार्वजनिक अपिल गरेपछि पोखरा महानगर समितिले पनि गठबन्धन नगर्ने सङ्केत गरेको छ।
नगर प्रमुख र उपप्रमुखका लागि आकाङ्क्षी सँग खुल्ला आवेदन माग गरी उम्मेदवार छनोट प्रक्रियाको अन्तिम अवस्थामा रहेको ब्यहोरा सर्वविदितै छ,’ काँग्रेस पोखराले विज्ञप्ति निकालेर भनेको छ, ‘पार्टीका सभापति र महामन्त्रीसँगको भेटमा प्रमुख पद नेपाली काँग्रेसले पाउने सङ्केत प्राप्त भएको अवस्थामा गठबन्धनको कारणले प्रमुख पद अन्य पार्टीलाई परेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’
काँग्रेस एक्लै चुनाव लडे पनि प्रमुख र उपप्रमुख सहित धेरै वडामा चुनाव जित्ने भन्दै प्रमुख पद आफूले पाउनुपर्ने अडान काँग्रेसको छ। ‘काँग्रेस एक्लै निर्वाचनमा जाँदा पनि प्रमुख, उपप्रमुख सहित अधिकांश वडामा समेत नेतृत्व लिन सक्ने अवस्था रहेकोले प्रमुख पद नेपाली काँग्रेसले नै पाउनुपर्नेमा हामी सशक्त दाबेदार हौँ,’ अघि भनिएको छ, ‘यसै सन्दर्भमा गठबन्धनमा रहेका दलहरूले आफ्नो हैसियतभन्दा ठुलो माग राखी समय बरबादी गर्न तल्लीन भएकोले काँग्रेसका उम्मेदवारको घोषणा गरी सकारात्मक सोचको विकास गर्न आग्रह गर्दछ।’
सचिव द्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले गठबन्धन दलबिच संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र शान्तिपूर्ण निर्वाचनका लागि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्।