arrow

लोसपाका बलिया नेता जनकपुरको मेयर बन्न गए एमालेमा

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
janakiram-saha-uml.jpg

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा मेयरको उम्मेदवार बन्न जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मेयरको टिकट नदिने भएपछि साह एमालेमा प्रवेश गरेका हुन् ।  साह जनकपुरधाममा लोसपाको सबैभन्दा बलियो उम्मेदवार मानिन्छन् । एमालेमा प्रवेश गरेसँगै  लोसपालाई धेरै ठुलो झट्का लाग्ने आकलन गर्न सकिन्छ । 

लोसपाबाट वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित समेत रहेको साहलाई विकास प्रेमी नेताका रूपमा लिने गरिन्छ । जानकीराम युवा नेता भएकाले त्यसैले सबैभन्दा बढी विकास हुने स्थानीय नथुनी सादाले बताए । 

मेयर पदका प्रत्याशित रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । मङ्गलवार बालकोटमा पुगेका उनलाई  एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

स्थानीय सन्तोष सरवरियाका अनुसार जानकीराम विकास प्रेमी नेता हुन् । जनकपुरधाम उपमहानगरपालिका का २५ वडामध्ये  सबैभन्दा बढी विकास हुने वडा ७ नै थियो । सरवरियाले भने,' यदि जानकीराम मेयर भए भने जनकपुरधामलाई शिक्षा, स्वास्थ्य, सडक र फोहोर मैलाको सबैभन्दा पहिलो व्यवस्थापन हुनेछ । जनकपुरधाममा कसैले भोकै सुत्नु नपर्ने उनले दाबी गरे ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ