arrow

जलेश्वरको मेयरका लागि यी हुन् सम्भावित उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
local-level-election-everytime.jpg

जलेश्वर । महोत्तरी जिल्लामा आसन्न स्थानीय तहको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचन नजिकिएसँगै जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाको मेयर पदका लागि विभिन्न दलका सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको छ ।

नेपाली कांग्रेसको तर्फबाट सो नगरपालिकाको सम्भावित मेयर पदका उम्मेदवारमा अशोक साहको नाउँ चर्चामा छ । उनी यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि मेयरमा उठेका थिए । 

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रामशंकर मिश्रलाई नै पुन मेयर पदमा सिफारिस गरको छ भने जनता समाजवादी पार्टी नेपालले सुरेश साह सोनारलाई छनौट गरेको जनाइएको छ । 

यसैगरी नेकपा (एमाले)का तर्फबबाट सम्भावित उम्मेदवारमा रामआधार कापरको नाउँ अगाडि आएको छ । यसअघि उनी २०७४ को निर्वाचनमा प्रदेश नं.२ को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए। 

आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कौशलेन्द्र शर्मा र नेकपा ( एकीकृत समाजवादी ) ले दिपु झालाई मेयर पदका लागि सिफारिस गरेको जनाइएको छ । 



नयाँ