arrow

देश छोडेर अमेरिका गएका दर्जनाैं व्यक्ति बने अर्बपति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
billiniore-us-immigrants-hamrakura.jpg

काठमाडौं । विभिन्न ३५ देशबाट अमेरिका गएका व्यक्तिहरू त्यहाँ अर्बपति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२२ का अर्बपतिहरुको सूचिमा २ हजार ६ सय ६८ जना परेका छन् ।

जसमा अमेरिकाका मात्रै ७ सय ३५ जना रहेका छन् । अमेरिकाका अर्बपति यी ७ सय ३५ जनामध्ये ९२ जना भने अन्य देशबाट अमेरिका गएर अर्बपति बनेका हुन् । यसको अर्थ अमेरिका १३ प्रतिशत अर्बपति अर्कै देशबाट त्यहाँ गएका नागरिक हुन् ।

फरक देशबाट अमेरिका गएर अर्बपति बन्न सफल यी ९२ व्यक्तिको सम्पत्ती जोड्दा ७ सय ११ अर्ब अमेरिकी डलर हुन जान्छ । जुन अमेरिकी अर्बपतिहरुको १५ प्रतिशत हो ।

अर्को रोचक कुरा भनेको अमेरिका गएका ती व्यक्तिहरू सबैले आफ्नो भाग्य आफैले कोरेका छन् । यी आप्रवासीहरू अन्टार्कटिका बाहेक विभिन्न ३५ देश र हरेक महाद्वीपबाट अमेरिका गएका नागरिक हुन् ।

२१९ अर्ब सम्पत्ती रहेका विश्वको सबैभन्दा धनी व्यक्ति, टेस्ला र स्पेसएक्सका मालिक एलोन मस्क दक्षिण अफ्रिकामा जन्मेका व्यक्ति हुन् । अर्को देशबाट अमेरिका गएर अहिले विश्वकै सबैभन्दा धनी बन्न सफल भएका छन् एलन मस्क । मस्क बाहेक अफ्रिकाबाट अमेरिका गएका अन्य पाँच जना अर्बपति बनेका छन् ।

इरान, जोर्डन, इजरायल, टर्की, क्यानडाबाट आठ जना, चीनबाट ७ जना, म्यानमार, भारतबाट ७ जनालगायतका विभिन्न देशबाट गएका ९२ जना अमेरिकामा अर्बपति बनेका हुन् । 

फोर्ब्सले गत मार्च ११ को तथ्याङ्कका आधारमा तयार पारेको यो अर्बपतिहरुको सूचिमा कीर्तिमानी रूपमा बाहिरी देशबाट अमेरिका गएर अर्बपति बन्नेको सङ्ख्या थपिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ