arrow

फोर्ब्सको सूचीमा २,६६८ जना : रुसले ३४ र चीनले ८७ अर्बपति गुमाए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
forbes-billiniore.jpg

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणपछिको अवस्थामा रुसका ३४ जना अर्बपतिको सम्पत्ती घटेर उनीहरू फोर्ब्सको अर्बपति सूचीबाट बाहिरिएका छन् ।

सन् २०२२ अर्थात् यस वर्ष मार्च ११ को तथ्याङ्कलाई आधार मान्दै फोर्ब्सले सार्वजनिक गरेको सन् २०२२ को अर्बपतिहरुको सूचीमा ३४ जना रुसी अर्बपतिको सङ्ख्या घटेको छ ।

यस्तै टेक कम्पनीहरूमाथि गरेको कारबाहीपछिको अवस्थामा चीनका ८७ जना धनाढ्य अर्बपतिको सूचीबाट बाहिरिएका छन् ।

यद्यपि, यो वर्ष बार्बाडोस, बुल्गेरिया, इस्टोनिया र उरुग्वेबाट पहिलो पटकसहित २३६ जना नयाँ अर्बपति फोर्ब्सको सूचीमा थपिएका छन् ।

यस्तै १,००० भन्दा बढी अर्बपतिहरूको सम्पत्ती गत वर्षको भन्दा बढेको फोर्ब्सले पाएको छ । सबैभन्दा बढी ७ सय ३५ अर्बपतिहरु अमेरिकामा रहेका छन् ।

ती सबैको कुल सम्पत्ती ४.७ ट्रिलियन अमेरिकी डलर हुन जान्छ । विश्वको सबैभन्दा धनाढ्य एलन मस्क हाल अमेरिकी नागरिक हुन् ।

दोस्रो नम्बरमा मकाउ र हङकङसहितको चीनमा ६ सय ७ जना अर्बपतिहरु रहेका छन् । उनीहरूको कुल सम्पत्ती २.३ ट्रिलियन अमेरिकी डलर हुन जान्छ ।

यस वर्ष २ हजार ६ सय ६८ जना फोर्ब्सको अर्बपति सूचीमा समावेश भएका छन् । यो सङ्ख्या गत वर्षको भन्दा ८७ ले कम हो। फोर्ब्सले प्रत्येक वर्ष विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गर्न थालेको यो ३६ औँ वर्ष हो ।

नेपालका अर्बपति विनोद चौधरी १९२९ औँ नम्बरमा रहेका छन् ।

मार्च ११ को तथ्याङ्क अनुसार अर्बपति सूचीको पहिलो नम्बरमा एलन मस्क, दोस्रोमा जेफ बेजोस, तेस्रोमा बर्नार्ड अर्नाल्ट र परिवार, चौथोमा बिल गेट्स, पाँचौँमा वारेन बफेट, छैटौँमा ल्यारी पेज, सातौंमा सर्गेई ब्रिन, आठौंमा ल्यारी एलिसन, नवौँमा स्टीव बाल्मर, दसौँमा मुकेश अम्बानी रहेका छन् । 

साथै अर्बपति सूचीको एघारौँमा गौतम अडानी र परिवार, बाह्रौँमा माइकल ब्लूमबर्ग, तेह्रौँमा कार्लोस स्लिम हेलु र परिवार, चौधौँमा फ्रान्कोइस बेटेनकोर्ट मेयर्स र परिवार र पन्ध्रौँ नम्बरमा मार्क जुकरबर्ग रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ