arrow

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन

logo
एएनआई,
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
pak-cabinet.PNG

इस्लामावाद । पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार शपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले शपथ गराएका हुन् ।
 
पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । 

राष्ट्रपति अरिफ अल्भीले शपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर शपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए । 

पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए। 

त्यसपछि विपक्षी गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदबार बनेका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । 

उनलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ