arrow

भोट माग्न मतदातासँग औंठाछापसहित तमसुकपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
unnat-loktantra-party.jpg

 काठमाडौं ।  लामो समयदेखि राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था नेपालको राजनीतिमा हुनुपर्छ भन्दै विभिन्न चरणमा आन्दोलनदेखि मुद्दा मामिलासमेत गर्दै आएका अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र दिने निर्णय गरेको छ । 

अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम नगरेको हुनाले उन्नत लोकतन्त्र पार्टीले मतदाताको हितमा काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दायर गरेर हटाउन सकिने करारसहितको तमसुकपत्र आम नागरिकमा बाँड्ने ऐतिहासिक कामको शुरुआत गरेको हो ।  

पार्टीले आगामी स्थानीय तह चुनावलाई लक्षित गरी २१ बुँदे तमसुक जारी गरेको हो । तमसुकमा उल्लेख गरिएका काम निर्वाचित भएर पनि नगरेमा भोट फिर्ता लिइ ५१ प्रतिशतबाट रिकल गर्न पनि भनिएको छ ।

चुनावमा मतदातालााई आकर्षित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने तमसुक पत्रमा उल्लेख छ । त्यस्तै पानी, स्वास्थ्य, शिक्षा र भूमिहीनलाई आवासको निर्देशिका बनाई निः शुल्क रुपमा उपलब्ध गराउने, सबै पालिकामा जंगली जनावरले बालीमा पुर्याउन सक्ने क्षति तत्कालै रोक्ने र रोक्न नसके सम्पूर्ण क्षति व्यहोर्ने उल्लेख गरिएको छ ।

त्यस्तै भ्यु टावर र स्वागतद्धारका लागि कुनै रकम विनियोजन नगर्ने, राजनीतिक आधारमा दिएको चन्दा पुरस्कार रोक्ने र पालिकाले लगाएको दोहोरो तेहेरो कर रोक्ने पनि तमसुक पत्रमा उल्लेख गरिएको छ ।

हाल देशव्यापी भ्रमणको क्रममा पार्टीले पोखरा, हेटौँडा, चितवन, निजगढलगायत क्षेत्रमा केन्द्रीय अध्यक्ष स्वागत नेपाल सहितको टोली नै पुगेर तमसुकपत्र मतदाताहरुलाई वितरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ