arrow

उपमहानगर बाँडफाँडको टुङ्गो लगाउन गठबन्धनको बैठक राति १० बजे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
gathabandhan baithak-balwatar.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्ता गठबन्धनको बैठक पुनः बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुनः बस्न लागेको हो । 

मंगलबार दिउँसो ३ बजेबाट शुरु भएको गठबन्धनको बैठक बेलुकी ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

दिउँसोबाट बसेको बैठक केही बेर रोकिएर पुनः बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार गठबन्धनको अर्को बैठक मंगलबारै राति १० बजे पुनः बस्ने छ । तर सरकारका प्रवक्ताले भने बैठक जारी हरेको प्रतिक्रिया दिएर बाहिरिएका थिए ।

महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ । सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि मंगलबार दिउँसो ३ बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो । 

सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीले जानकारी दिए । ‘बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारात्मक रुपले अघि बढेका छन्’, उनले भने, ‘बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ ।’

आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए । ‘हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा  छलफल गरेका छौं  र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ