arrow

जनकपुर र नेपालगञ्जको विवाद कायमै, ९ उपमहानगरपालिकाको भागबन्डा टुङ्गियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
gathabandhan baithak.jpg
फाइल तस्बिर

काठमाडौँ। आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै छ। बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

गठबन्धनले ६ महानगरपालिकामा सिट बाँडफाँट करिब करिब टुङ्ग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ।

मङ्गलवार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो।

११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेको छैन। यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली काँग्रेसलाई मेयरको सिट दिने विषयमा छलफल भएको थियो।

तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि काँग्रेसले जनकपुरमा समेत दाबा ठोकेको हो।

११ उपमहानगरमा काँग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक-एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खोजेको हो।

६ महानगरमध्ये काँग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक-एक मेयर पाउने गरी सहमति जुटिसकेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ