arrow

वीर अस्पतालको क्याथ ल्याबमा डा समीरको करोडौंको चक्कर, कारबाहीको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
bir-hospital-icb-dr-samir-poudel.jpg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा फेरि करोडौंको कमिशनको चक्कर फेला परेको खुलासा भएको छ । हाल कोभिड युनिफाइड केन्द्रीय अस्पतालले क्याथ ल्याब खरिद गर्न लागेको रु १० करोड रुपैयाँको एन्जियोग्राफी सिस्टम क्याथ ल्याब बनाउन टेन्डर गरिएकामा सबै कमिशनको चक्करमा एक चिनियाँ कम्पनीलाई मिल्नेमात्र आवश्यकता बनाइएको हो । 

यो कागजात बाहिरिएपछि डा समीर पौडेलको कमिशनको चक्कर बाहिरिएको हो । यो पत्र बाहिरिएपछि टेन्डरमा आफूहरु सहभागी हुन नपाएको भन्दै नेपाली व्यवसायीहरुले गम्भीर आपत्ति जनाएका छन् । उनीहरुले स्पेक गुणस्तरीय सबै कम्पनीले टेन्डर भर्न मिल्ने गरी बनाउन सुझाव दिएका छन् । 

सोही अनुसार नगरी कमिशनका नाममा चिनियाँ कम्पनीलाई मात्र मिल्ने गरी उक्त टेन्डर फारम भर्न दिने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म निवेदन दिने उनीहरुले बताएका छन् । 

उक्त आईएफबी नम्बर एमएनएएमएस–आईसीबी–७८–७९–०२ कन्ट्रयाक्ट आईडीएम न्याम्स–आईसीबी–७८–७९–०२ रहेको छ । त्यस्तै इस्यु २१ मार्च २०२२ १० एम ०० रहेको छ । अफिसको नाम न्याम्स वीर अस्पताल राखिएको छ । 

यस्तो सूचना प्रकाशित गरी टेन्डर भर्ने समय मे ५ तारिखभित्र बुझाउन भनिएको छ । यो उपकरणको स्पेक हुबहु फिलिप्स हेल्थ केयरको चीनमा उत्पादित  गुणस्तरहीन क्याथ ल्याब उपकरणलाई मात्र मिल्ने र अरु कम्पनी र व्यापारीले टेन्डर हाल्न नपाउने गरी बनाएको बताइएको छ । 

वीर अस्पतालमा भएको प्रि–बिड बैठकमा नेपालस्थित उपकरण व्यापारी र बायोमेडिकल इन्जिनियरहरूले क्याथ ल्याब टेक्निकल स्पेसिफिकेसन्स एउटामात्र कम्पनीलाई हुने गरी ठूलो कमिशन लिएर बनाएको भन्दै सो स्पेक गुणस्तरीय र सबैले टेन्डर फाराम भर्न पाउने गरी सच्याउन सुझाव दिएका थिए । 

स्पेक बनाउने वीर अस्पताल का डा समीर पौडेलले सो सुझाव नमानी ठूलो रकम कमिशन लिइ सो सुझाव नमानेको बताइन्छ । प्रि बिड बैठकको सुझावअनुसार नमानी क्याथ ल्याब टेक्निकल स्पेसिफिकेसन्सका बुँदाहरु हुबहु फिलिप्सलाई मात्र हुने गरी बनाएको भन्दै व्यापारीहरुले डा. पौडेल विरुद्ध अख्तियारदेखि सम्पत्ति शुद्धीकरण, अक्तियार, स्वास्थ्य मन्त्रालय, पीपीएओ लगायतमा उजुरीसमेत दिने तयारी गरिरहेका छन् । 

डा पौडेलले निम्न लिखित बँुदा फिलिप्स कम्पनीलाई हुने गरी बनाएका हुन् । जस्तैः एस एन २.२, २२, ४.१, ५.१, ५.५, ५.४, प्लस ५६, प्लस ५७, प्लस ५८, ६.१ र ७.१ का बुँदाहरु केबल फिलिप्सलाई मात्र मिल्छन् । 

यो स्पेकअनुसार कमसल, गुणस्तरहीन र मानव स्वास्थ्यमा असर पर्ने उपकरण आउँदा खतरा हुने भएकाले सच्याउन व्यापारीहरुले आग्रह गरेका छन् । 

उनीहरुले हुबहु फिलिप्स र नेपाल ऐजेन्ट विशाल पण्डित (हस्पिटेक इन्टरप्राइजेज) सँगमात्र मिल्ने र अस्पतालमा मुटुरोगमा प्रयोग हुने उपकरण गुणस्तरहीन उपकरण आउने र मानव स्वास्थ्यमा समेत असर गर्ने हुँदा माथिका बुँदाहरु सच्याएर अरुले पनि गुणस्तरीय उपकरणको टेन्डर फाराम भर्न सक्ने बनाउन आग्रह गरेका छन् । 

उनीहरुले नीतिगत र प्राविधिक  भ्रष्टाचारी कार्य खारेज गरी डा पौडेललाई आवश्यक कारबाही गरी एक विज्ञ समितिमार्फत स्पेक बनाइ अस्पतालमा उपकरण खरिद गर्न आवश्यक रहेको समेत जनाएका छन् । 

उनीहरुले यो कार्यमा संलग्न सबैलाई कारबाही गर्न अनुरोध गर्दै अनियमितता गर्नेहरुको सम्पत्ति शुद्धीकरणमार्फत छानबिन गर्न पनि अनुरोध गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ