arrow

फिलिपिन्समा बाढीबाट पाँचको मृत्यु दशौँ हजार विस्थापित

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
philipinesfloods.jpg.jpeg
मनिला। फिलिपिन्समा केही दिनयता निरन्तररुपमा परेको वर्षापछि आएका बाढीका कारण पाँच व्यक्तिको मृत्यु भएको छ । बाढी प्रकोपको कारण दशौँ हजार व्यक्ति विस्थापित भएको उद्धारकर्ताले आइतबार सो जनाकारी दिएका छन् । 
 
नागरिक प्रतिरक्षा अधिकारीले मनिला र नजिकैको प्रान्तहरुमा आगामी दिनमा अझ भारी मौसमी वर्षा हुने चेतावनीसमेत दिएका छन् । यस प्रकोपका कारण सरकारी कार्यालय र विद्यालयमा २४ हजारभन्दा बढी व्यक्ति शरणार्थीको रुपमा बसिरहेका छन् । 
 
गहिराइमा परेको इलाकामा बाढीको बढी सम्भावना रहेको राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापनका प्रवक्ता रोमिना मरासिगानले एएफपी सममाचार समितिलाई बताएकी छिन् । बाढीको कारण विस्थापित भएका व्यक्तिहरु र मनिलाका वासिन्दासमेत गरी करिब दशौँ हजार रहेको बताइएको छ । 
 
बाढीको कारण गत सोमबार नै एक माझी बेपत्ता भएका थिए । बाढीबाट करिब ७० हजार व्यक्तिको घर बगाएको प्रकोप नियन्त्रण तथा व्यवस्थापन केन्द्रले बताएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ