मेयरको दबाबका लागि पोखराका काँग्रेस वडा सभापतिहरू बैठकमा
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
1.5k
Shares
पोखरा। एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली काँग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन्। उनीहरूले संयुक्त धारणा बनाएर मेयर काँग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन्।
‘बैठक बस्र छलफल हुन्छ। सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गर्छौँ,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी सङ्घर्ष गर्छौँ।’
अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ। बैठकले केन्द्रलाई दबाब दिने, नभए अर्को उम्मेदवार उठाएर जाने थापाले बताए। सकेसम्म रुख चिन्हबाटै चुनाव लड्न लगाउने अर्को विकल्पबारे पनि छलफल भइरहेको छ।