arrow

मास्क नलगाउनेलाई आठ सय जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
delhi-mask-corona.png

काठमाडौं । कोरोना भाइरसको महामारी फेरि फैलिन थालेपछि भारतको नयाँ दिल्लीमा नयाँ नियम लगाइएको छ । नयाँ भेरियन्ट फैलिन थालेपछि दिल्ली सरकारले मास्क अनिवार्य गरेको छ । 

जसले मास्क लगाउँदैन उसलाई आठ सय रुपैयाँ (पाँच सय भारु) जरिवाना गर्ने निर्णय गरेको छ । बुधबार दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटी डीडीएमएको बैठकले यस्तो निर्णय गरेको हो ।  

तर विद्यालय र अन्य शैक्षिक संस्थाहरु भने खुला राख्ने निर्णय डीडीएमएले गरेको छ । कोरोनाका नयाँ भेरियन्ट बी.१.१०, बी.१.१२ का शुरुआती संकेतहरु पाइएपछि कडा नियम लगाइएको हो । 

स्वास्थ्य विभागका अनुसार मंगलबार दिल्लीमा ६३२ जना नयाँ संक्रमित थपिएका छन् । दिल्लीमा मात्रै सक्रिय संक्रमित बढेर १९ सय पुगेका छन् ।  



नयाँ