arrow

छिमेकमा संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले दियो चेतावनी, देशभर ३१८ संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
sangita.PNG

काठमाडौं । छिमेकी मुलुकहरुमा कोरोना भाइरसको संक्रमण कोभिड१९ बढ्दै गएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन निर्देशन दिएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्रले सीमा नाका र प्रवेश विन्दुमा बिशेष सावधानी अपनाउन र निगरानी बढाउन आग्रह गरेकी हुन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । 

पछिल्लो २४ घण्टामा ३ हजार ८७७ जनाको नमुना परीक्षण गरिएको थियो ।



नयाँ