arrow

जसपाको घोषणापत्रमा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवादेखि शौचालय निर्माण गर्न १० हजार अनुदानसम्म [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
JasAPA.png

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार घोषणा पत्र सार्वजनिक गर्दै ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने घोषणा गरेको छ । साथै एकल, असहाय वा परिवारबाट उपेक्षित ज्येष्ठ नागरिकका लागि स्याहारसुसार गर्ने व्यवस्था सहितको विशेष आवासगृहको निर्माण गर्ने प्रतिबद्धता पार्टीले गरेको छ ।  

घोषणा पत्रमा भनिएको छ, ‘गर्भवती महिला, १० वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्सलगायत नगरभित्र चल्ने कुनै पनि यातायात सेवामा भाडा लाग्ने छैन । नगरभित्र चल्ने यातायात सेवामा विद्यार्थीलार्य ५० प्रतिशत छुट दिने व्यवस्था गरिनेछ ।’

दलित ,अल्पसंख्यक, शारीरिक अपाङ्गताभएका व्यक्तिले उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १ करोड सम्मको ऋणको ब्याजमा ५ प्रतिशत भन्दा माथिको ब्याज अनुदान दिने पार्टीले जनाएको छ । 

‘पालिकाहरूको स्थानीय विशिष्टताअनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिनेछ । पालिकाको केन्द्र र वार्ड केन्द्रहरू जोड्ने सडकहरू बनाइनेछ । सबै पालिकाहरूमा एक बसपार्क बनाइनेछ । महानगरहरूमा नगररेल सेवा विकासको सम्भावना बारेमा  अध्ययन गरिनेछ ’घोषणा पत्रमा भनिएको छ ।  

माध्यमिक विद्यालय तह सम्मको शिक्षालाई व्यवहारिक रूपमै  निःशुल्क र गुणस्तरीय बनाउन ‘एक पालिका एक मोडल स्कुल’ को अवधारणालाई कार्यान्वयन गर्ने पार्टीले जनाएको छ । 

घोषणा पत्रमा भनिएको छ, ‘मातृभाषामा शिक्षा प्रदान गरिनेछ, आधारभूत भन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागु गरिनेछ  ।’ 

शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खानेपानी सुविधा पु¥याउने प्रतिबद्धता पार्टीले गरेको छ । साथै सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको बिलमा २०० रुपैयाँसम्म निःशुल्क गर्ने जनाइएको छ । 

आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न  १० हजार रुपैयाँ  अनुदान दिने प्रतिबद्धता घोषणा पत्रमा गरिएको छ । । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ