arrow

घोषणापत्रमा साइकल र पैदलमैत्रीको स्पष्ट कार्ययोजना नभएको पार्टीलाई भोट नदिने चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
278576280_385951523409028_743598710316969033_n.jpg.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि दलहरूले घोषणापत्र जारी गर्न थालेका बेला अभियन्ताहरूले साइकल र पैदलमैत्री दिगो विकासको सुनिश्चितताको माग गरेका छन् ।

अभियन्ताहरूले कीर्तिपुर साइकल घोषणापत्र–२०७९ जारी गर्दै राजनीतिक दल र पालिकाका उम्मेदवारसँग यस्तो माग गरेका हुन् । प्रत्येक पालिकामा साइकल, सार्वजनिक यातायात तथा पैदालमैत्री दीगो शहरी विकासरणनीतिक गुरुयोजना निर्माण गर्न, अवस्था अनुरुप महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गतामैत्री मौलिक खुला क्षेत्र, साइकल पार्क, साइकल संरचना विकासका आवश्यक कार्यक्रम तर्जुमा गर्न र  साइकल तथा पैदलमैत्री कार्यक्रम सञ्चालनका लागि वार्षिक बजेटको व्यवस्था गर्न भनिएको छ ।

त्यस्तै, साइकल तथा पैदलमैत्री संस्कृति निर्माण लक्षितविशेष बोर्डसहित एउटा अलग्गैयोजना शाखाको स्थापना गर्न पनि माग गरिएको छ । हालै त्रिभुवन विश्वद्यिालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आयोजना भएको ‘साइकल तथा पैदलमैत्री सहरी विकासमा राजनीतिक प्रतिवद्धतारघोषणापत्र निर्माण कार्यशाला’बाट घोषणापत्र जारी गरिएको हो ।  

अभियन्ताहरूले साइकल तथा पैदलमैत्री संस्कृतिले सुसज्जित समाज निर्माणको स्पष्ट कार्ययोजनाविहीन उम्मेदवारलाई भोट नदिने चेतावनी दिएका छन् । ‘हामी पश्चिमा विकाश शैलीको अन्धानुकरण गर्दै सीमित पुँजीपति पोस्ने विकासको खाँका बोकेर मौलिक सम्पदामैत्री गाउँशहरमा भोट माग्न आउने उम्मेदवारलाई बहिस्कार गर्नेछौँ,’ घोषणापत्रमा भनिएको छ । 

हरेक उम्मेदवारसँग साइकल तथा पैदलमैत्री दीगो विकासको सुनिश्चितता गर्ने पालिका विकासको स्पष्ट रणनीति तथा कार्ययोजनाको माग पनि उनीहरूले गरेका छन् ।

नेपाल साइकल सोसाइटी, दिगो विकास इन्टिच्युट, पब्लिक डिस्कोर्स फाउण्डेसन, टुर दे लुम्बिनी, रोड सेफ्टी सोसाइटी, प्याङ्क बाइक, लाइन्स क्लव अफ काठमाडौँ साइकल सिटीले संयुक्त घोषणापत्र जारी गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ