arrow

ताप्लेजुङका सात स्थानीय तह कांग्रेसलाई, दुई माओवादीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
Taplejung_District.png

ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरुले पदीय भागबण्डाको टुङ्गो लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने सत्तारुढ दलबीचको निर्णयअनुसार यहाँस्थित सत्ता साझेदार दलहरुले विभिन्न चरणमा छलफल गरेर बुधबार भागबण्डाको टुङ्गो लगाएका हुन् ।

एक नगरपालिकासहित यहाँका ९ स्थानीय तहमध्ये सात स्थानीय तहको नेतृत्व कांग्रेसले लिने र  दुई वटामा भने माओवादी केन्द्रले नेतृत्व लिने भएको छ । 

फुङलिङ नगरपालिकासहित पाथीभरा, याङ्वरक, सिरीजङ्घा, सिदिङ्वा, आठराई त्रिवेणी, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको नेतृत्व कांग्रेसको भागमा परेको छ भने मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ । 

मेरिङ्देन, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिका बाहेक सबै ठाउँमा कांग्रेसले नै उपप्रमुखको पद लिने भएको छ । सत्ता साझेदार दल नेकपा एकीकृत (समादवादी)ले भने मेरिङ्देन गाउँपालिकाको उपप्रमुखसहित सात वटा वडाको नेतृत्व पाएको बताइएको छ । 

यस्तै कांग्रेसले ३९, माओवादी केन्द्रले १५ वटा वडाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने  भएको छ । स्थानीय अवस्था र आवस्यकताअनुसार तालमेल गरी भागबण्डाको टुङ्गो लगाइएको दलहरुले बताएका छन् । भागबण्डा भएसँगै आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाउन दल आन्तरिक कसरतमा जुटेका छन् । 

यता (नेकपा एमाले)ले समेत पाँचवटा स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाएको छ । फक्ताङलुङ ७ बाहेक सबै वडाका अध्यक्ष पदका उम्मेदवारकोसमेत टुङ्गो लागेको उक्त दलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ